Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख

प्रधानमन्त्री देउवाको चुनावी खर्च २३ लाख


प्रधानमन्त्री शेरबहादुर देउवालै चुनावी खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेका छन् ।

चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेका छन् ।

सबैभन्दा बढी गोष्ठीरकार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ ।

मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

६ जनाले अझै बुझाएनन् निर्वाचन खर्च

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।

निर्वाचनको मतपरीणाम प्रकाशित भएको झण्डै चार साता पुग्दासमेत अझै ६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवार कर्णसिंह रावलले मात्रै निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचनका कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार खर्च विवरण बुझाएका हुन भने अन्य उम्मेदवारहरुले योभन्दा अगाडि नै बुझाइसकेका थिए ।

बाँकी उम्मेदवारहरुले भने अहिलेसम्म खर्च विवरण नबुझाएको कार्यालयलेजनाएको छ । निर्वाचन आयोगले भने खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस