गृहपृष्ठ ∕ समाचार ∕ अत्यधिक चिसोका कारण थप चार दिन बिदा दिने अत्यधिक चिसोका कारण थप चार दिन बिदा दिने पुलेसो २६ पुस, २०७७, आईतबार ६:३५ बाराका सामुदायिक तथा निजी विद्यालयहरु अत्यधिक चिसोका कारण जिल्ला शिक्षा कार्यालय बाराले थप चार दिन बिदा दिने निर्णय गरेको छ ।यसअघि जिल्ला शिक्षा कार्यालयले यही पुस १६ देखि २१ गतेसम्म विद्यालय बन्द गरी आइतबारबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । केही दिनयता चिसो र शीतलहर बढेपछि यही पुस २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।मौसम प्रतिकूल भई शिक्षण सिकाई कार्य प्रभावित भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी थप चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बताउनुभयो ।रासस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका