Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमृगौलालाई प्राकृतिक रुपमा सफा गर्ने विधी

मृगौलालाई प्राकृतिक रुपमा सफा गर्ने विधी


हामीले देख्दै, सुन्दै, भोग्दै आएका छौ, मृगौला खराब भएर उपचारका लागि सहयोग जुटाइरहेको । मृगौलाले जब काम गर्न छाड्छ, तब शरीरभित्र विषाक्त पदार्थ जम्मा हुन थाल्छ । यसले अन्य अंगहरुलाई पनि हानी पुर्‍याउँछ । अन्ततः मृत्युको मुखमा पुर्‍याउँछ ।

मृगौलाको उपचार जटिल छ । खर्चालु पनि । त्यही कारण यसले आर्थिक रुपमा टाट पल्टाउँछ । त्यसैले यस्तो रोग लागेर उपचार खोज्नुभन्दा, रोग लाग्न नदिनु नै उत्तम हो ।

मृगौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्ने हो । अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्नु हो । रक्तचाप नियन्त्रित राख्न वा शरीरमा रहेको रसायनको स्तर सही बनाएर राख्नु हो । अतः यति महत्वपूर्ण भूमिका भएको मृगौलालाई स्वस्थ्य राख्नुपर्छ । यसका लागि खानपानको खास महत्व छ ।

प्रोटिनयुक्त खानेकुरा

यदि नन भेजिटेरियन हो भने डाइटमा चिकेन, अन्डा, माछा सामेल गरौ । भेजिटेरियन हो भने प्रोटिनले भरपूर खानेकुरा सेवन गरौ । जस्तो, सीमि, अन्न, दुधजन्य पदार्थ आदि ।

नुन एवं सोडियम कम गरौं

उच्च रक्तचाप नियन्त्रण गर्न एक व्यक्तिलाई दिनमा २ हजार ३ सय मिलिग्राम्स सोडियमको आवश्यक्ता हुन्छ । शरीरमा नुन र सोडियमको मात्रा सन्तुलन गर्नका लागि फास्ट फूड एवं फ्रोजन फूड खान हुँदैन । आफ्नो डाइटममा कम सोडियमयुक्त पदार्थ जस्तो कि, नरिवल पानी, करेला, चिकन, माछा, सीमि आदि सामेल गरौ ।

तरल पदार्थको सेवन

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नका लागि मृगौलालाई तरल पदार्थको आवश्यक्ता हुन्छ । यसका लागि दिनभरमा कम्तिमा डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । शारीरिक रुपले बढी सक्रिय व्यक्तिले यो भन्दा बढी पानी पिउनुपर्छ । साथै अन्य तरल पदार्थ जस्तो कि, जुसको सेवन गरौ ।

यस कुराको पनि ख्याल गरौं

–  धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मृगौलामा पर्छ । सकेसम्म पेन किलर्स प्रयोग नगरौ ।

– यदि मृगौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोहोर्‍याएपछि मृगौलाको रोग ठिक हुन्छ ।

(रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मृगौलाको आन्तरिक नली पनि नष्ट हुन्छ । यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मृगौलाका लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।

(निस्क्रिन जीवनले पनि मृगौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने कोशि गरौं । नियमित व्यायाम, योगा, ध्यान गरौं ।

– मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

– मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ ।(एजेन्सी)




तपाईको प्रतिक्रिया दिनुहोस