Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारतीन ग्यास उद्योगलाई गुणस्तर तथा नापतौल विभागले बिक्री–वितरणमा रोक

तीन ग्यास उद्योगलाई गुणस्तर तथा नापतौल विभागले बिक्री–वितरणमा रोक


काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई गुणस्तर तथा नापतौल विभागले उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले सिल गरेको हो ।सरकारले ग्यास उद्योगले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ । तर, ती उद्योगले गुणस्तर कायम नराखेको विभागले जनाएको छ । उद्योग सञ्चालकहरूलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० थापागाउँमा रहेको सगरमाथा ग्यास उद्योग अमृत अग्रवालले सञ्चालन गर्दै आएका छन्। त्यस्तै सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेका छन्।

सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिन फारम भरेको, तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताए । ‘सगरमाथाबाहेक अरू ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिन फारमसमेत भरेका छैनन्,’ उपाध्यायले भने, ‘अब ती ग्यास उद्योगहरूले भरेका सिलिन्डरबाहेक अन्य सिलिन्डर भर्न र उत्पादन एवं बिक्री–वितरण गर्न पाउँदैनन् ।’

सगरमाथा ग्यास उद्योगका सञ्चालक अमृत अग्रवालले एक्कासि उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने भन्दै केही समय दिएर निश्चित मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउनुपर्ने बताए । ‘एक्कासि उद्योग बन्द गर्दा उद्योगी र उपभोक्ता मारमा पर्छन्,’ अग्रवालले भने ।नेपाल सरकारले ग्यास उद्योगमा तोकेको गुणस्तर ९एनएस ५३३० अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेमा त्यो नभएको कारण ती उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको उपाध्यायले बताए।

काभ्रेमा सगरमाथा, सूर्य, चण्डेश्वरी, उग्रचण्डी र हिमाल गरी पाँचवटा ग्यास उद्योग सञ्चालनमा भए पनि कुनैले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन् ।

काभ्रेपलाञ्चोक जिल्लामा यसबाहेक उग्रचण्डी र हिमाल ग्यास उद्योग पनि सञ्चालनमा छन्। यी उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन्। गुणस्तर चिह्न प्राप्त नगरेकै कारण अब काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका सबै ग्यास उद्योगहरुले ग्यास उत्पादन तथा बिक्री वितरण गर्न पाउने छैनन्।




तपाईको प्रतिक्रिया दिनुहोस