Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसहायक रथीमाथि सेनाले समितिको आन्तरिक छानबिन

सहायक रथीमाथि सेनाले समितिको आन्तरिक छानबिन


नेपाली सेनाले बैंकको रकम हिनामिनाका विषयमा सहायक रथी रमेश विष्टमाथि आन्तरिक छानबिन अघि बढाएको छ । यसका लागि सेनाले समिति नै बनाएको छ ।

छानबिनपछि ‘कोर्ट अफ इन्क्वाइरी’ ले दोषी ठहर सदर गरेमा उनलाई ‘कोर्टमार्सल’ समेत हुनेछ । कृषि विकास बैंकको न्युरोड शाखाबाट हिनामिना भएको ५ करोड रुपैयाँमध्ये ३३ लाखभन्दा बढी विष्टको खातामा देखिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस्तो पाएपछि विष्टलाई सेनाले आफ्नो नियन्त्रणमा राखेर छानबिन थालेको हो ।

सीआईबीले पनि आफ्नोतर्फबाट अनुसन्धान जारी राखेको छ । सेनाका नवनियुक्त प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले छानबिन प्रक्रिया सुरु गरिएको जानकारी दिए । विष्ट वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा कार्यरत छन् ।

बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न कृषि विकास बैंक न्युरोडमा कार्यरत सहायक टेलर दीपिका रेग्मीसहित अन्य सबैलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

पक्राउ परेकालाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा अघि बढाइएको हो । कान्तिपुर




तपाईको प्रतिक्रिया दिनुहोस