Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभक्तपुरमा अवैध गाँजासहित महिला पक्राउ

भक्तपुरमा अवैध गाँजासहित महिला पक्राउ


प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले एक महिलालाई अवैध गाँजासहित पक्राउ गरेको छ।

 

प्रहरीले चाँगुनारायण नगरपालिका ६, पिपलबोट बस्ने ३९ वर्षीया पूर्णिमाया तामाङलाई अवैध १३ किलो ५ सय ग्राम गाँजासहित घरबाटै पक्राउ गरेको हो ।तामाङले आफ्नै घरमा गाँजा सञ्चित गरी बिक्री गर्दै आइरहेको भन्ने सूचनाका आधारमा छापा मारी अवैध गाँजासहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

 

तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी लागुऔषध ओसारपसार ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रसाईँले बताए। थहा खबर




तपाईको प्रतिक्रिया दिनुहोस