Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारउच्च अदालतमा चार मुख्य न्यायाधीशको नाम सिफारिस

उच्च अदालतमा चार मुख्य न्यायाधीशको नाम सिफारिस


न्यायपरिषद् बैठकले उच्च अदालतमा चारजना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको छ । बिहीबार बसेको न्याय परिषद् बैठकले सर्वोच्चको रजिस्ट्रार नहकुल सुवेदी, जनकपुर उच्च अदालतका न्यायाधीश उदयप्रसाद चापागाई, न्यायाधीश हरिप्रसाद पोखरेल र न्यायाधीश यज्ञ बस्याललाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।

बैठकले सर्वोच्चको रजिस्ट्रारमा महेन्द्र उपाध्याय र कानुन आयोगको सचिवमा चिरञ्जीवी खनाललाई सिफारिस गरेको छ । तर, उक्त सिफारिस समावेशी नभएको भन्दै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले असहमति (नोट अफ डिसेन्ट) लेखेका छन् ।

बैठकमा प्रधानन्यायाधीश पराजुलीले रोलक्रम मिच्दै मुख्य न्यायाधीश सिफारिस गरेकामा वरिष्ठतम् न्यायाधीश तथा न्याय परिषद् सदस्य जोशीले आपत्ति जनाएका हुन् । रोलक्रमअनुसार चौथो नम्बरमा रहेकी उच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाका ठाउँमा सर्वोच्चका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई पहिलो नम्बरमा राखेर मुख्य न्यायाधीश सिफारिस गरेको जोशीको भनाइ छ ।

समावेशी सिद्धान्तअनुसार महिलालाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्दा प्रधानन्यायाधीश पराजुलीले अस्वीकार गरेको जोशीले बताए ।

चापागाई, बस्याल र पोखरेल उच्च अदालतका लागि क्रमशः पहिलो, दोस्रो र तेस्रो रोलक्रमका न्यायाधीश थिए । चौथो क्रममा न्यायाधीश सुष्मालता माथेमा थिइन् । न्याय परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश पराजुलीको अध्यक्षतामा बसेको बैठकले मुख्य न्यायाधीशको सिफारिस गरेको हो ।

सुवेदी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सिफारिसमा सर्वोच्च अदालतबाट न्याय परिषद्को सचिव भएका थिए । पराजुली प्रधानन्यायाधीश भएपछि परिषद्बाट बढुवा गरेर सर्वोच्चको मुख्य रजिस्ट्रार भएका सुवेदीलाई हाल मुख्य न्यायाधीशमा सिफारिस गरिएको हो । नयाँ पत्रिका दैनिक




तपाईको प्रतिक्रिया दिनुहोस