Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार‘ओडे टु माई फादर’को हिन्दी रिमेक ‘भारत’

‘ओडे टु माई फादर’को हिन्दी रिमेक ‘भारत’


सुपरस्टार सलमान खानसँग मिलेर निर्देशक अली अब्बास जफरले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्तो सुपरहिट फिल्म दिइसकेका छन् । फेरि यो जोडी एकपटक सँगै काम गर्दैछन् । सलमानको नयाँ फिल्म ‘भारत’को घोषणा भइसकेको छ । जसलाई जफरले नै निर्देशन गर्दैछन् ।

‘भारत’ वर्ष २०१४ मा आएको दक्षिण कोरियाको फिल्म ‘ओडे टु माई फादर’को हिन्दी रिमेक हो । ‘यसलाई निर्देशक योन जे(क्यूनले निर्देशन गरेका थिए । यसको कहानी कोरियाको युद्धको समयमा एक किशोरले दिएको वचनको वरिपरि घुम्छ ।

जफरका अनुसार, यो फिल्मलाई निर्देशन गर्ने प्रस्ताव सलमानको तर्फबाट आएको हो । उनले भने, “वास्तविक फिल्मको जस्तै रिमेक त बनाउन सकिन्न । सामाजिक-राजनीतिक परिदृश्यले तपाईको कहानी र भूमिकालाई प्रभावित गर्छ । तर, मलाई फिल्मको मूल कुरा मन पर्‍यो ।”

फिल्मको रिमेकको अधिकार अतुल अग्निहोत्रीले किनेका छन् । जफरले अगाडि भने “हामी मार्चबाट काम सुरु गर्नेछौं । म एक महिना अब सुत्न चाहन्छु । हामी अहिले यो फिल्मको सुरुवाती चरणमा छौं ।” फिल्मी खबर




तपाईको प्रतिक्रिया दिनुहोस