गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री कार्यालय प्रवक्ता परिर्वतन प्रधानमन्त्री कार्यालय प्रवक्ता परिर्वतन पुलेसो २३ पुस, २०७७, बिहीबार १७:५१ गलत सूचना दिएको भन्दै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई प्रवक्ताबाट हटाएको छ। प्रधानमन्त्री कार्यालयले हालका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएर उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव डिल्लीराम शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । शर्माले लामो समयदेखि प्रधानमन्त्री कार्यालयमा रहेर शासकीय सुधार र संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्। दुई दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका प्रवक्ता पन्थीको हवाला दिँदै विभिन्न सञ्चार माध्यमले सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोकेको समाचार संप्रेषण गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्य सचिव लोकदर्शन रेग्मी प्रवक्ता पन्थीसँग रुष्ट बनेका थिए।प्रवक्ता पन्थीले भने आफूले प्रदेशको अस्थायी मुकाम तोकेको भनेर कहिल्यै कुनै सञ्चार माध्यममा नबोलेको दावी गर्दै आएका छन्। प्रवक्ता पन्थीले मंगलबार मात्रै आफूले बोल्दै नबोलेको समाचार विभिन्न सञ्चार माध्यममा आएको भन्दै खण्डन गरेका थिए। तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका