Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदम किन कसरी हुन्छ? यसका रोकथामका उपाय

दम किन कसरी हुन्छ? यसका रोकथामका उपाय


चिसो बढेको गएको छ । यसले शारीरिक स्वास्थ्यमा केहि जटिलता ल्याउँछ । त्यसमध्ये दम एक हो ।

चिसो मौसम दम रोगीका लागि प्रतिकुल मानिन्छ । यतिबेला दमले थप सताउन सक्छ । शहरी क्षेत्रमा बसोबास गर्नेका लागि त दमको भय हुने नै भयो । यो बृद्धबृद्धालाई मात्र होइन, बालबालिकालाई पनि हुन्छ । जन्मजात पनि दमको रोग पैदा हुन्छ । दम, श्वासप्रश्वास सम्बन्धी समस्या हो । दमले सताएको अवस्थामा सामान्य हिँडडुल गर्न समेत समस्या हुन्छ ।

दम भएमा यसलाई पूर्णतया निको पार्न निकै कठिन हुने गर्छ । यद्यपी, केही उपायहरु अपनाएर पनि दमलाई नियन्त्रण भने अवश्य गर्न सकिन्छ । दमलाई समयमै नियन्त्रण गर्न सकेको अवस्थामा यसले निम्त्याउने दीर्घकालीन समस्याको बेलामै रोकथाम गर्न सकिन्छ ।

सामान्यतयाः वृद्धवृद्धामा देखिने दमको समस्या वृद्धवृद्धा तथा युवालाई मात्र नभई बालबालिकालाई समेत हुने गर्छ । यस्ता समस्या हुनुमा थुप्रै कारकतत्वहरु हुने गर्दछ , जसमध्य यी दश प्रमुख कारणहरु मानिन्छन् ।

दम हुनुका कारण

१) सामान्य रुँघाखोकी, फ्लू, ब्रोनकाइटिस तथा पिनासको संक्रमण लगायत बैक्टेरियाले श्वासप्रश्वसमा संक्रमण गर्नाले पनि दमको समस्या हुने गर्छ । यस्ता संक्रमणका कारण बालबालिकामा दम देखिनु सामान्य हो ।

२) अण्डा, गाईको दूध, बदाम, गहुँ, माछा लगायतका एलर्जी गराउने तत्वको सेवनका कारण पनि दमको समस्या निम्तने गर्छ ।

३) धुमपानका क्रममा निस्कने धुवाँमा विभिन्न प्रकारका रसायन तथा ग्यास समाहित हुने गर्दछ । धुमपानका कारण दमको समस्या उत्पन्न हुने गर्छ । धुमपान गर्ने व्यक्तिलाई दम भएमा खोकी लाग्ने तथा घाँटी खसखस हुने लगायतको समस्या गम्भीर रुपमा देखिने गर्छ । गर्भवती महिला जसले गर्भावस्थामा धुमपान गर्छन् , उनीहरुबाट जन्मने शिशुमा दमको समस्या देखिने गर्छ ।

४)  एस्पिरिन, सुन्निएको कम गर्ने औषधी, विना चिकित्सकको प्रेस्किप्सन किनेको औषधीले पनि मानिसमा दमको समस्या उत्पन्न हुने गर्छ ।

५) मद्यपनका कारण पनि दमको समस्या निम्तने गर्छ । विभिन्न प्रकारका रक्सी तथा वियरमा सल्फाइटको मात्रा अधिक हुने गर्छ, शरीर सल्फाइट प्रति अधिक संवेदनशील भएमा दमको लक्षण देखा पर्न सक्छ ।

६) अत्याधिक चिन्ता, रिस तथा डर तनावको कारण बन्न सकछ, जसले मुटुको गति तथा स्वास प्रस्वास प्रणालीलाई धेरैथोर बद्लाव ल्याउँछ । यही वद्लावका कारण मानिसमा दमको समस्या देखा पर्ने गर्छ ।

७) अत्याधिक शारीरीक परिश्रम तथा व्यायामका कारण पनि दमको समस्या देखा पर्न सक्छ ।

८) जाडो मौसममा वातावरणमा भएका जिवाणु बढी सक्रिय भएर पनि दम हुन सक्छ ।

९) धुलो, धुवा लगायतका वातावरण प्रदुषणका कारण पनि दमको समस्या उत्पन्न हुनसक्छ ।

१०)  परिवारमा कसैलाई दमको समस्या छ भने त्यसबाट जन्मने शिशु वा घरका अन्य सदस्यलाई पनि दमको समस्या उत्पन्न हुनसक्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस