Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारहाट बजारको सार्वजनिक जमिन आफन्तलाई बिक्री

हाट बजारको सार्वजनिक जमिन आफन्तलाई बिक्री


पुनर्वासको हाटबजार समितीका अध्यक्षले हाटबजारको नाउमा रहेको सार्वजनिक जग्गा आफ्नै परीवारका सदस्य, समितीका पदाधिकारी तथा व्यापारीलाई बिक्री वितरण गरेको खुलासा भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत पुनर्वास नगरपालिका वडा न ६ प्रतीभानगर टाउन बजार संगै जोडीएको हाटबजार समिती को १७ कट्ठा १० धुर जग्गा मध्ये आफ्नै दुई छोरा मनी थापा र तुल बहादुर थापाको नाउमा दर्ता गरेका छन भने बजारका व्यापारी हरी प्रसाद खनीया, चित्र बहादुर थापा, अर्जुन केसीलाई हाटबजार समितीको सार्वजनिक जग्गा बिक्री वितरण गरेको खुलासा भएको छ ।

हाटबजार समितीको नाउमा रहेको कित्ता न ६२५ सिट नम्बर ०२६/१०५ छेत्रफल ०५९३९ . ५५ वर्गमीटर को उक्त जग्गा रास्ट्रिय आवास कम्पनी बाट २०६० अधि हाटबजार को नाउमा खरीद गरीएको थियो । पच्चीस जनाको समिती रहेपनी चार जनालाई उक्त जग्गा बिक्री वितरण गर्दा अध्यक्ष हर्क बहादुर थापाको रोहबरमा तिन जना सदस्यहरु मिलेर बिक्री गरेको कुरा खुल्न आएको छ। हाटबजार समितीका अध्यक्ष हर्क बहादुर थापाले नियम विपरित मनोमानी रूपमा जग्गा बिक्री वितरण गर्न लागेको बारे समिति का सदस्य परी थापाले जानकारी पाउन साथ बिरोध गरेपछी थप जग्गा बिक्री हुन बाट जोगीन गएको थियो भने बिरोध जनाएवापत अध्यक्ष थापाले परी थापा र प्रतीभानगर बजार समिति का पुर्ब अध्यक्ष बिन्दु कुमार श्रेष्ठको नाउमा मुद्दा दायर गरेका थिए, भने पुनरावेदन बार महेन्द्रनगर जिल्ला अदालतले थापा द्वारा दिईएको रिट निबेदनमा २०६७ माघ ३ गतेको फैसलाले खारेज गरेको छ । थापाले आफुले मुद्दा जितेको घुर्की देखाउदै पुनः जग्गा बिक्री वितरण गर्ने तयारी गरेको समितीका सदस्य परी थापाले बताए ।

नियम कानून विपरीत सार्वजनिक जग्गा बिक्री गर्न लागेको बिषयमा सनिवार प्रतीभानगर बजार समितिका अध्यक्ष अमित रोकायाको अगुवाईमा बैठक बसी हाटबजार समितीको नाउमा रहेको सार्वजनिक जग्गा बिक्री वितरण गर्न नपाईने र बिक्री गरीएको जग्गा समेत सुरक्षित गराई दोषीउपर आवस्यक कार्वाही गरीनु पर्ने भनी पुनर्वास नगरपालिकामा लिखीत जानकारी गरीएको समिती का सचिव रमेश बिकले बताए । उक्त पुनर्वास हाटबजार समितीमा के भएको हो भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयले ईलाका प्रशासन कार्यालय त्रिभुवन बस्तीमा जानकारी माग गरेपछी तत्कालीन ईलाका प्रशासन कार्यालय त्रिभुवन बस्ती का प्रमुख मान प्रशाद भट्ट ले बजार व्यबस्थापन समिती स्थानीय राजनिती प्रतिनिधि बुद्दिजिबी हरूको रोहवरमा २०६७ भाद्र २ गते जिल्ला प्रशासन कार्यालय महेन्द्रनगरमा पेश गरेको प्रतीवेदन अनुसार हाटबजार समिती का अध्यक्ष हर्क बहादुर थापाले हाटबजार परीसर भित्र रहेको कृषी संकलन केन्द्रमा आफ्ना परीवार राख्ने, हाटबजारको जग्गामा बिभिन्न तरकारी फलफुल उत्पादन गरी आमदानी गरी व्यक्तिगत उपभोग गरेको, तिनजनाको रोहबरमा जग्गा बिक्री गरेको ,हाटबजार परीसर भित्र रहेका सिसौं टिक जस्ता बहुमुल्य रूख बिक्री गरी आमदानी नदेखाएको, हाटबजार मा व्यपार गर्ने पसलेहरू हटाउने हाटबजारमा पसल राखन रोक लगाउने जस्ता क्रियाकलाप गर्ने गरेको उक्त प्रतीवेदनमा उल्लेख गरीएको छ।

पटक पटक बिबादमा रहने गरेका हाटबजार समितीका अध्यक्ष हर्क बहादुर थापाको व्यवहारले गर्दा हाटबजार संग जोडीएका पसलेहरू समस्यामा पर्दै आएको बजारका पुर्ब अध्यक्ष बिन्दु कुमार श्रेष्ठले बताएका छ्न ।




तपाईको प्रतिक्रिया दिनुहोस