Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेश प्रमुख तोक्न वामपन्थी दलहरु सहमत

प्रदेश प्रमुख तोक्न वामपन्थी दलहरु सहमत


प्रदेशको अस्थायी केन्द्र तोक्न र प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अगाडी बढाउन नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई सहमति दिएका छन् । ताजा जनादेश अनुसार नयाँ सरकार गठनको बाटो खेलिदिन र राष्ट्रिय सभाको चुनाव तत्काल गर्न पनि उनीहरुले सरकारसंग आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको प्रमुख पाँच दलको सर्वदलीय बैठकले प्रदेशको राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्न सहमति जनाएको हो । बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको समयमा बनेको कार्यदलको अध्ययनका आधारमा प्रदेशको अस्थायी राजधानी तोक्नेवारे सहमति भएको बताए ।

 

‘प्रदेशका सांसद कहाँ भेला भएर को संग सपथ लिने भन्ने त पक्क हुनु पर्यो नि’ पौडेलले भने, ‘यसबारेमा सरकारले आज भोलिमै निर्णय लिन्छ ।’ बैठक स्रोतका अनुसार प्रदेश प्रमुख तोक्न वामपन्थी दलहरु सहमत भएका छन् ।

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने प्रदेश प्रमुख र राजधानी तोक्ने बिषयमा आफूहरुको सहमति नभएको बताए । ‘हामीले यसअघि नै प्रदेश प्रमुखको नियुक्ति र अस्थाइ केन्द्र तोक्न सरकारलाई भनेका थियौ’ रावलले भने, ‘अन्तिम समयमा आएर अहिले यसो गर र उसो गर भनेर भनेनौ ।’ बाहिर बिरोध गरेपछि बैठकमा वामपन्थी नेताहरुले प्रदेश प्रमुख नियुक्तिमा सहमति जनाएका थिए ।

 

सरकारले आयोगलाई दवाव दिएको हो ?

वामपन्थी दलहरुले चुनाव सम्पन्न भएको एक महिना पूरा भइसक्दा पनि प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण नजिता सार्वजनिक नभएको प्रति आपत्ति जनाएका थिए ।

 

‘सात दिनभित्र चुनावको नतिजा घोषणा गर्ने संवैधानिक व्यबस्था विपरित सरकारले निर्वाचन आयोगलाई दवाव दिएर विलम्ब गराउनु कुरा आएको छ यो के हो भनेर बैठकमा सोध्यौ’ रावलले भने । एमालेले कामचलाउ स्थितीमा पुगेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णय नगरोस भनेर समेत सतर्क गराएको रावलले बताए ।

 

‘निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचनको परिणाम अनुसार अगाडी बढाउने हो । जाँदै गरेको सरकारले नयाँ सरकार गठनको लागि कुरा नअडकाओस भनेर भन्यौ’ रावलले भने ।

 

सर्वदलिय बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका सुवास नेम्वाङ, राजपाका राजेन्द्र महतो लगायत नेताहरु उपस्थित थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस