Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबालुवाटारमा संर्वदलीय बैठक सुरु, प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदै

बालुवाटारमा संर्वदलीय बैठक सुरु, प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदै


बालुवाटारमा संर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठकले प्रदेश मुकाम र प्रदेश प्रमुखबारे निचोडमा पुग्ने छ । त्यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमापनि छलफल हुने बताइएको छ । बैठकमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतृत्वहरु सहभागी भएका छन् ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ुबादलु, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी छन् । अन्नपूर्ण पोष्ट

 




तपाईको प्रतिक्रिया दिनुहोस