Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआवश्यकता परे मन्त्रिमण्डल अझै विस्तार हुनेछः प्रधानमन्त्री देउवा

आवश्यकता परे मन्त्रिमण्डल अझै विस्तार हुनेछः प्रधानमन्त्री देउवा


इतिहासकै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल अझै विस्तार हुन सक्ने बताउनुभएको छ । चुनावी कार्यक्रममा सहभागी हुन २ नम्बर प्रदेश जाने क्रममा विराटनगर पुगेका प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीसंग आवश्यकता परे अझै मन्त्री थप्नुपर्ने बताउनुभयो ।

ठूलो मन्त्रिमण्डल बनाउँदा चौतर्फी आलोचना भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री देउवाले भन्नुभयो– यति गर्दा पनि अझै धेरैलाई मन्त्री पुगेको छैन, आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ। निर्वाचन आयोगले मन्त्रिमण्डल विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको भनि दिएको प्रतिक्रिया सम्बन्धमा प्रधानमन्त्री देउवाले विस्तार गरिसकेकाले अब निर्णय फिर्ता नहुने उल्लेख गर्नुभयो। बिपरित भनेपनि आयोगले निर्णय फिर्ता गर्न नभनेको उहाँको भनाई छ ।

्अरर्को प्रसंगमा आयल निगममा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नेबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्रीले प्रतिवेदनका आधारमा सरकारले थप प्रक्रिया अघि बढाउने बताउनुभयो।

संविधान संशोधनको प्रस्ताव संसदमा फेल भए पनि अब चुनावपछि फेरि प्रस्तुत गरिने उहाँले जनाउनुभयो । सरकारले मधेसी जनताको भावना कदर गर्ने भन्दै प्रधानमन्त्री देउवाले संविधान लचिलो दस्तावेज भएकाले जहिले पनि संशोधन गर्न सकिने बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस