Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारलगातार बढेको चिसोले जनजीवन कष्टकर बन्दै

लगातार बढेको चिसोले जनजीवन कष्टकर बन्दै


केही दिन यता देशभर चिसो बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार न्यूनतम तापमान २ डिग्री सेल्सियस रहेको छ । बुधबार न्यूनतम तापमान २।२ डिग्री सेल्सियस थियो ।न्यूनतम तापमान लगातार घट्दै गएका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

 

बिहीबार दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र अन्य स्थानको मौसम सामान्यतः सफा रहने पूर्वानुमान गरिएको पनि महाशाखाले जनाएको छ ।

 

तराई क्षेत्रका विभिन्न जिल्लामा शीतलहरका कारण विद्यालय बन्द गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस