Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारधादिङको बेनीघाटमा यात्रुबस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३३ जना घाइते

धादिङको बेनीघाटमा यात्रुबस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३३ जना घाइते


धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ विशालटारमा यात्रुबस दुर्घटना हुँदा गएराती १ जनाको मृत्यु भएको छ ।

३३ जना घाइते भएका छन् । दुर्घटनामा नवलपरासीका ६५ वर्षिय रमाशंकर सिंहको मृत्यु हो।  काठमाण्डौंबाट नवलपरासीको त्रिवेणी जान लागेको लु १ ख ६६३० नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको गजुरी स्थित प्रहरी निरीक्षक बरुण बहादुर सिंहले जानकारी दिनुभयो ।

घाइतमध्ये ४ जनाको अवस्था गम्भिर भएकाले काठमाण्डौँको वीर अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अन्यको मलेखुस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस