Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए पाँच पार्टीको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए पाँच पार्टीको बैठक


प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि पाँच पार्टीको बैठक बोलाएका छन् ।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्नु अघि राजनीतिक सहमति खोज्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । बैठक बिहीबार विहान ९ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कांग्रेस, एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरु सहभागी हुनेछन् ।

यो बैठकमा सहमति भए भोलि नै मन्त्रिपरिषद् बैठकले सात वटा प्रदेशको अस्थायी मुकाम तोक्नेछ भने प्रदेश प्रमुखहरु पनि नियुक्त गर्नेछ । सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को अस्थायी मुकाम धनगढीलाई तोक्ने तयारी गरेको छ ।

प्रदेशसभाको अन्तिम परीणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्ने भएकाले प्रदेश प्रमुखको नियुक्ति पनि गर्नु पर्ने बाध्यता छ । तर, वाम गठबन्धनले राजनीतिक सहमतिका आधारमा मात्र प्रदेश प्रमुख नियुक्त गर्न ध्यानाकर्षण गराएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस