Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगायक सन्तोषले मुर्गा बनाई भन्दै…

गायक सन्तोषले मुर्गा बनाई भन्दै…


गायक सिमान्त सन्तोष दुर्गाले मुर्गा बनाई भन्दै छन् । उनले दर्शक स्रोतामाझ ल्याएको गीतमा यस्तो भनेका हुन् । लोकलयमा डान्सिङ बिट रहेको यो गीतमा चर्चित गायक श्री कृष्ण लुइटेल (बोकेदारिको) शब्द तथा सङ्गीत रहेको छ ।

गीतको भिडियोलार्इ युबराज वाइबाले निर्देशन, उत्सब दाहालले छायांकन गरेको गीतको भिडियोमा गायक श्री कृष्ण लुइटेल (बोकेदारिको), रक्षा, डि गोर्खाली ब्वायज तथा गायक सिमान्त सन्तोषको अभिनय तथा नृत्य रहेको छ ।

पूर्वको झापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् । उनले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्छन् । गीतमा आफैँ मोडलिङ गर्ने उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका हुन् ।

आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ’ बाट नै वाही वाही बटुलेर मन जित्न सफल भएका थिए सन्तोष ।
झापाको बनीयानी कचनकवल–६मा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाएका सन्तोषले छोटो समयमै नेपाली साङ्गीतिक वजारमा आफ्नो छुट्टै परिचय बनाएका छन् ।

नेपाल तथा भारतका बिभिन्न स्थानमा थुप्रै स्टेज प्रस्तुती दिएका उनका थुप्रै गीत मध्ये ‘तिमी पुजाकी थालि हौं’, ‘हेरिदेउन छड्के छड्के’, जस्ता गीत बढी रोजाईका गीत बनेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस