Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेप्सेमा सुधार मध्यान्ह १२ बजेसम्म शुन्य दसमलव ९५ अंकले सुधार

नेप्सेमा सुधार मध्यान्ह १२ बजेसम्म शुन्य दसमलव ९५ अंकले सुधार


 साताको चौंथो कारोवार दिन आज बुुधबार नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । आज मध्यान्ह १२ बजेसम्म नेप्से शुन्य दसलव ९५ अंकले बढेको छ भने सेन्सिटिभ शुन्य दसमलव १२ अंकले बढेको छ ।

यसबिचमा कुुल ६४ कम्पनीहरुको चार सय ८३ वटा कारोवारमा ८५ हजार चार सय ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार करोड ६७ लाख तीन हजार एक सय ३६ रुपैयाँ पुुगेको छ ।

यसबिचमा कुुल १० वटा समुहको कारोवार भएकोमा होटल समुहको स्थिर देखिएको छ । यसबाहेक आज बाँणिज्य बैंक, जलबिद्युुत, बीमा, उत्पादनमुुलक र अन्य समुहको सुचक बढेको छ भने ट्रेडिङ, बिकास बैंक, फाईनान्स र लघुबित्त समुहको सुचक घटेका छन् ।

मध्यान्हसम्म मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य एक रुपैयाँ ८७ पैसाले बढेर दुुई सय ७३ रुपैयाँमा कारोवार भएको छ भने एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको सेयर मुल्य तीन रुपैयाँ ८० पैसाले घटेर सात सय सात रुपैयाँमा कारोवार भएको छ ।

नेपाल टेलिकमको भने यसबिचमा सात सय ८२ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९४ लाख २४ हजार तीन सय रुपैयाँको सेयर कारोवार भएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस