Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारफागुन महिनामा पाथीभरा महोत्सव

फागुन महिनामा पाथीभरा महोत्सव


पाथीभरा जिल्लामा यसै फागुन महिनामा पाथीभरा पर्यटन महोत्सव तथा म्याराथन प्रतियोगिता हुने भएको छ। पाथीभरा मन्दिर, कञ्चनजंघा हिमाललगायत धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले १ देखि ३ गतेसम्म महोत्सव गर्न लागिएको हो। शिवरात्रि तथा सेना दिवसको अवसर पारेर तीन दिनसम्म महोत्सव गर्ने निर्णय भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका कार्यवाहक अध्यक्ष रणबहादुर कार्कीले बताए।

समितिको आयोजनामा सदरमुकाम फुङलिङमा भएको सर्वपक्षीय बैठकले महोत्सवको तयारीका लागि पाँच सय एक मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। जसको संयोजक पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति रहने छ। त्यस्तै समितिको सहसंयोजकमा पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्म रहनेछन्।

बैठकले महोत्सव र म्याराथन प्रतियोगिता अवधिभर गरिने कार्यक्रमको तालिकासमेत तयार गरेको समितिका सचिव लक्ष्मी काफ्लेले बताए। ‘माघ २७ गते पाथीभराधाम र पदमार्गको सरसफाइ गर्ने, २८ गते फुङलिङ नगरपालिका, किरातेश्वर र नागेश्वरसहित फुङलिङ बजारभित्रका धार्मिकस्थलको र २९ गते चण्डेश्वरधाम सफाइको कार्यक्रम राखिएको छ, काफ्लेले भने, ‘यसबीचमा माघ २८ देखि फागुन १ गतेसम्म पाथीभरा मन्दिरमा दीप प्रज्वलन तथा भजन कीर्तनसमेत गरिनेछ।

महोत्सवको पहिलो दिन फागुन १ गते तोमेडाँडाबाट विभिन्न जातजातिका सांस्कृतिक समूहको सहभागितामा सिद्धिडाँडामा रहेको चण्डेश्वरधामसम्म कलश यात्राको कार्यक्रम राखिएको छ। सोही दिन बिहान ११ बजेपछि मूल कार्यक्रमस्थल नयाँ रणभीम गुल्मको खेलमैदानमा कृषि मेला प्रदर्शनी, औद्योगिक, हस्तकला तथा शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव, सांस्कृतिक कार्यक्रम र सुकेटारदेखि तोक्मेडाँडा ब्यारेकसम्म प्याराग्लाइडिङ कार्यक्रम हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिनुभएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस