Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार‘पैसाको लोभ छैन, छोरा देख्नपाए हुन्छ’

‘पैसाको लोभ छैन, छोरा देख्नपाए हुन्छ’


परिवारको जेठो सन्तान । घरको आर्थिक अवस्था कमजोर । साँझ बिहानको गर्जो टार्न मुस्किल भएपछि नलाङका समिर सिलवाल मलेसिया पुगे । मलेसियामा काम गर्दै सुरुसुरुमा घरमा फोन गर्ने र पैसा पठाउने पनि गरेका थिए । मलेसिया गएको चार वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए । तर सोचेजस्तो आम्दानी हुन नसकेपछि समिर एकाएक परिवारको सम्पर्कबाट टाढिए । जे जस्तो भएपनि दसैं मान्न नेपाल चाँडै फर्कन्छु भनेर ०६० असारमा उनले बुबालाई फोन गरेका थिए । अहिले उनीकहाँ, के गर्दै छन्, अत्तोपत्तो छैन । न फोन आउँछ, न कुनै खबर नै । समिरले पछिल्लो फोनमा बुबासँग ‘मलाई कम्पनीले फसायो, सोचेजस्तो आम्दानी छैन, खान–बस्नपनि समस्याभएको छ’ भनेकाथिए । समिर मलेसियामा बेपत्ता भएको १४ वर्ष भइसकेको छ ।

घरमा रहेका वृद्ध आमाबाबु छोरो आउने आसमा बसिरहेका छन् । आज, भोलि, पर्सि भन्दाभन्दै १४ वर्ष बितिसक्यो, उही झुपडी अनि पारिवारिक बेमेल । अझै पनि समिरको परिवारमा यो समस्या हटेको छैन । मलेसियाबाट छोराले पैसा पठाउँला र सुख सयलमा रमाउँला भन्ने समिरको परिवारको त्यो खुसी माटोमा मुछिएको छ । ‘गाउँको सोझो, घमण्ड नगर्ने, सहयोगी भावनाको मेरो छोरो यस्तो निष्ठुरी त होइन । कसैले फसाएको हुनुपर्छ । आपत विपतमा हुनुपर्छ,’बाबु पूर्णप्रसाद सिलवालले भने, ‘पैसाको हामीलाई लोभ छैन । छोराको मुखमात्रै देख्नपाए हुन्थ्यो ।’उनी थप्छन्, ‘सकुशल छोरा आइदिए हामीलाई त्योभन्दा ठूलो धन अरु केही हुँदैन ।’ उनका आखाँ कहिल्यै ओभानो हुन सकेन । मनमा सधंै पीडा नै पीडा । उनको परिवारको एउटै मात्रै चाहना छ– छोरो घर फर्कियोस् ।

समिर मात्र होइन वैदेशिक रोजगारीमा गएका गल्छी गाउँपालिका–१ कल्लेरीका सोमबहादुर नेपाली पनि ११ वर्षदेखि बेपत्ता छन् । रोजगारीका लागि भारतको मुम्बई स्थित कोलापुर गएका सोमबहादुर ०६३ चैत देखि सम्पर्कमा छैनन् । ०६० माभारतमा गएर १८ महिनापछि घर फर्केका उनी गाउँमा रोजगारी नपाएपछि साथीसँगपुनःमुम्बईको कोलापुर गएको सोमबहादुरका आमा शान्ता नेपालीले बताइन् । ‘भारतमा गएको करिब एक वर्षसम्म घरमाफोन गरिरहन्थ्यो, बेला बेलामा पैसा पनि पठाइरहन्थ्यो । पछि के भयो कहाँगयो केहीथाहा छैन,’शान्ताले भनिन्, ‘०६३ चैत २१ गते फोनमा अब दसैं मनाउन घर आउने भनेर फोन गरेदेखि अहिलेसम्म न छोरोको फोन आयो न छोरो नै घरमा आयो ।’ सोमबहादुरसँगै भारत गएको साथीहरु सबै फर्किसके ।

साथीहरुका अनुसार सोमबहादुर कोलापुरमा काम गर्दागर्दै अन्यन्त्र गएर बसेका थिए। त्यसपछि सोमबहादुरको अत्तोपत्तो नभएको आमाशान्ता नेपालीले सुनाइन् । गाउँबाट मुम्बई जाने गाउँलेलाई पनि छोराको खोजीगरिदिन आग्रह गरे तर कसैले पनि नदेखेको बताएका छन् । हरेक दसैं र हरेकपटक मोबाइलमा आउने रिङ छोराको भनेर सम्झने गर्छन् ।

यी दुईबाहेक पनि जिल्लाबाट वैदेशिक रोजगारीमा गएर बेपत्ताहुने धेरै छन् । धनकमाएर परिवारलाई सुखसाथ पाल्ने सपनामा बिदेसिएकाहरु उतै बेपत्ता भएका छन् । परिवारमा दुई छाक टार्न कठिन भएपछि जायजेथा सबै धितो राखी रोजगारीका लागि विदेश हानिएका छन् । विदेश गएकामध्ये कसैले राम्रै आम्दानी गरेका छन् ।केही ठगिएर अलपत्र परेका छन् भने केही बेपत्ता छन् ।
छोरा बेपत्ताभएको पीडा नीलकण्ठ नगरपालिकाकी खीनकुमारी लम्साललाई पनि छ । खीनकुमारी भन्छिन्, ‘मलेसियामा बेपत्ता भएको पनि १२ वर्ष भइसक्यो, छोरासँग बसेर रमाइलो गर्ने इच्छा पनिकहिले पूरा हुने भएन ।’ विदेश जानुअघि दसैंमान्न आउँछु भनेर वचन दिएर मलेसियाको बाटो रोजेका कृष्णप्रसाद लम्सालको अत्तोपत्तो छैन । ‘न फोनमा नै कुरा गर्न पाइन्छ न घर नै फर्कन्छ, बुढेसकालमा सन्तानको माया पाउँछु भन्ने आस पनि म¥यो,’खीनकुमारी रसिलो अनुहार लगाएर बिलौना गर्छिन् । सिद्धलेक गाउँपालिका–६ कादामोदर पण्डित हराएको पनि ११ वर्षभइसक्यो। नीलकण्ठ नगरपालिका–२ का अस्मिता पौडेल पनि विदेशमा बेपत्ता छिन् ।

धादिङ जिल्लाको तथ्यांकअनुसार वार्षिक नौहजार पाँच सय युवाले वैदेशिक रोजगारीमा जान पासपोर्ट बनाउने गरेका छन् । खासगरी धादिङ जिल्लाबाट मलेसिया, कतार, दुबई लगायत देशमा रोजगारीका लागि जाने गरेका छन् । विदेश जानेमा १८ देखि २५ वर्ष उमेर समूहका युवा बढी छन् । यीमध्ये ८० प्रतिशत भन्दा बढी बिना सीप विदेश गएको पाइएको छ ।

सुरक्षित आप्रवासन परियोजना ९सामी० सञ्चाल नगरिरहेको चन्द्र ज्योतिएकी कृत ग्रामीण विकास समाज सिड्स धादिङ अन्तर्गत सूचना तथा परामर्श केन्द्रबाट प्राप्त तथ्यांक अनुसार धादिङ जिल्लाबाट वैदेशिक रोजगारीमा गएका मध्ये ४६जना बेपत्ता छन् । यीमध्ये सबैभन्दा बढी मलेसियामा बेपत्ता छन् । सूचना केन्द्रमा दर्ता भएकाचार सय केसमध्ये काम र तलब फरक परेको एकसय ४७, नेपालमा ठगी भएको ६४, बेपत्ता भएको ४६, विदेशमा बिरामी हुनाले उद्धार गर्नुपर्ने १४, जेलमा ४, ज्यान गुमाएका १७ लगायत केस रहेको कार्यक्रम संयोजक गंगा सुवेदीले बताइन् ।
बेपत्ता भएकामध्ये कागजपत्रको अभावले थोरैको उद्धार गर्न सकिएको छ । हराएकाको खबर विभिन्न सञ्चार माध्यममा आएपछि केही सम्पर्कमा आउने गरेका छन् भने केहीकोे सहयोग रकमसमेत जुट्ने गरेको छ ।सम्बन्धित देशको नेपाली राजदूतावासमा समाचार तथाफोटो पठाएर पनि उद्धार गर्ने गरिएको छ । कतिपय स्वेच्छाले सम्पर्कविहीन छन्, विदेशमा कम्पनीले सम्पर्क गर्न नदिने, जेल पर्दा, विवाह गरेर बस्ने, कमाइथोरै हुँदा र पारिवारिक तनावले सम्पर्क विहीन हुने गरेका छन् ।

देशको अस्थिर राजनीतिक अवस्था, सीमित रोजगारीको अवसर, साथी भाइको लह लहैमा लागेर वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य छ । नेपाल सरकारले विश्वका विभिन्न एक सय १० देश रोजगारीका लागि खुल्ला गरेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हालसम्म ९०७४ कात्तिक मसान्तसम्म० श्रम स्वीकृतिलिई वैदेशिक रोजगारीमा जाने युवाको संख्या ४८ लाख ९३ हजार नौ सय २७छ । धादिङ जिल्लाबाट मात्रै आव ०६८–६९ देखि ०७३–७४ सम्म ३७हजार दुई सय ८४ पुरुष र एक हजार आठ सय १२ महिला रोजगारीका लागि बिदेसिएको तथ्यांक छ । (नागरिक न्युज )

 




तपाईको प्रतिक्रिया दिनुहोस