Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्यालेस्टाइनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने अमेरिकाकाे चेतावनी

प्यालेस्टाइनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने अमेरिकाकाे चेतावनी


अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएको छ । प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका हुन् ।

अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिका तटस्थ बस्न नसकेको भन्दै आलोचना गरेका थिए । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पको पछिल्लो चेतावनी सार्वजनिक भएको हो ।

सन् २०१७ मा राष्ट्रपतिमा आसिन भएका ट्रम्प गत डिसेम्बर महिनामा जेरुसेलमलाई इजरायलको राजधानी बनाउने निर्णयमा पुगेका थिए । उनको निर्णयको संयुक्त राष्ट्रसंघमा समेत चर्को आलोचना भएको थियो । १२८ सदस्य देशहरुले ट्रम्पको यस निर्णयविरुद्ध भोट हालेका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस