गृहपृष्ठ ∕ समाचार ∕ हाइस गाडीको ठक्करबाट चितुवाको मृत्यु हाइस गाडीको ठक्करबाट चितुवाको मृत्यु पुलेसो २२ पुस, २०७७, बुधबार १०:२५ बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवाको मृत्यु भएको छ ।नेपालगञ्जबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख २९७४ नंको हाइस माइक्रोबसले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो ।जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरमा हाइसले चितुवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक पारगर्ने बेलामा तीव्र गतिमा रहेको हाइसले चितुवालाई ठक्कर दिएको हो ।बाक्लो हुस्सु लागेका कारण जनावरले बाटो पार गर्दा सवारीसाधनको शिकार हुने गरेका छन् । निकुञ्जले वन्यजन्तुको क्षेत्रमा सवारीसाधन सीमित गतिमा चलाउन अनुरोधसमेत गरेको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका