Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने : प्रचण्ड

‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने : प्रचण्ड


मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी हेडक्वार्टरको खुमलटारमा बसेको विस्तारित बैठकमा प्रचण्डले एमालेसँग ५० ५० प्रतिशत ‘पावर सेयरिङ’ गरेर मात्र पार्टी एकता हुने ‘ब्रिफिङ’ गरेको नेता गणेश शाहले जानकारी दिए ।

केपी ओलीलाई ‘प्रधानमन्त्रीका रूपमा स्वीकार गरिसकेका छौँ । उनलाई पाँच वर्षसम्म प्रधामन्त्रीका रूपमा काम गर्न दिनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शाहले भने, ‘संयुक्त पार्टी अध्यक्षका रूपमा मैले पाँच वर्ष नेतृत्व गर्छु । यस्तो भएमा पावर सेयरिङमा पनि ५० ५० प्रतिशत हुन्छ । दुई पार्टीको सम्मानजनक एकता पनि हुन्छ ।

अध्यक्षसहितको एकता संयोजन समितिको बैठक बस्ने
बैठकमा प्रचण्डले चाँडै एमाले र माओवादी केन्द्रका अध्यक्षसहितको एकता संयोजन बैठक बस्ने जानकारी दिए । ‘मैले केही दिनअघिदेखि ओलीजीसँग छलफल गर्न खोजेको थिएँ, स्वास्थ्यका कारण छलफल हुन पाएको छैन । बुधबार एकता संयोजन समितिको बैठक बस्छ,’ प्रचण्डले भन्नु भयो, ‘दुई पार्टीको अध्यक्षसहितको पावर सेयरिङ, शीर्ष नेताको व्यवस्थापन र समग्र पार्टी एकताको विषयमा छलफल गर्छौँ ।’

एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, माओवादी नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको विषयमा पनि एकता संयोजन समिति बैठकमा छलफलले प्रवेश पाउने भएको छ । जनताबाट एमाले–माओवादी एकता अनुमोदन भइसकेकाले जसरी पनि एकता हुने प्रचण्डले उल्लेख गरेको थिए । पर्याप्त गृहकार्य नपुगेकाले पार्टी एकताको विषयमा ठोस खाकासहित प्रगति हुन नसकेको शीर्ष नेतालाई प्रचण्डले ब्रिफिङ गरेका थिए।

अध्यादेशका विषयमा पनि ब्रिफिङ
अध्यादेशका विषयमा प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । राष्ट्रपतिबाट ‘राष्ट्रिय सभासम्बन्धी अध्यादेश स्वीकृत भयो । एकल संक्रमणीयको पक्षमा सहमति भई राष्ट्रपतिबाट स्वीकृत भएको छ । यसमा हामीले सकारात्मक भूमिका खेल्न सक्षम भयौँ ।प्रचण्डले भन्नु भयो, यस विषयमा बाहिर पनि सकारात्मक सन्देश गएको छ,’ । प्रदेश राजधानी र प्रदेश प्रमुखको नियुक्ति कांग्रेसले एमाले र माओवादीसँग सहमतिमै घोषणा गर्ने प्रचण्डले जानकारी दिनुुभयो ।

सैद्धान्तिक विषयलाई बिस्तारै मिलाउन तर्फ जोड दिँदै जाने
प्रचण्डले एमालेको ‘बहुदलीय जनवाद’ र माओवादीको ‘२१औँ शताब्दीको जनवाद’लाई बिस्तारै छलफल गर्दै टुंग्याउने जानकारी गराएको बैठकमा सहभागी नेता मणि थापाले बताए । अब को कार्यदिशा कुनै बल प्रयोग नभई शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा हुन्छ,’ थापाले भने, ‘संविधानमै समाजवादउन्मुख उल्लेख भएकाले सोहीअनुसार कार्यदिशा तय हुन सक्छ ।’ तत्कालीन एमालेको झापा विद्रोह र माओवादी जनयुद्धका विषयलाई उच्च मूल्यांकन गरिने थापाले बताए ।

निर्वाचनमा भएको अन्तर्घातको छानबिन हुने
माओवादीले प्रतिनिधिसभा र प्रदेश सभामा भएको अन्तर्घातबारे छानबिन गर्ने भएको छ । नेता अमिक शेरचनको संयोजकत्वमा गठित समितिमा लीलामणि पोखरेल, गणेश शाह, रेखा शर्मा र हितराज पाण्डे सदस्य छन् । समितिलाई सात दिनको समय दिइएको छ । एमालेसँग तालमेल गरी निर्वाचनमा गएको माओवादीमा आफ्नै पार्टी नेताले उजुरी दिएपछि छानबिन समिति गठन भएको हो । अहिलेसम्म हुम्ला, पर्सा, सल्यान, गोरखा, सिरहा, धनुषा, कैलाली, कञ्चनपुर, दैलेख, खोटाङलगायत जिल्लामा अन्तर्घात भएको भन्दै उजुरी परेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

विभिन्न समूहबाट ध्रुवीकरण हुँदै माओवादीमा आएका नेता–कार्यकर्ता संगठनात्मक व्यवस्थापन गर्न रामबहादुर थापा बादलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, लेखराज भट्ट, मातृका यादव, सावित्रीकुमार काफ्ले र सुनील मानन्धर सदस्य छन् । नयाँ पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस