गृहपृष्ठ ∕ समाचार ∕ सुर्खेतमा ४ सय ३० उद्योग थपिए सुर्खेतमा ४ सय ३० उद्योग थपिए पुलेसो २८ भदौ, २०७८, सोमबार १८:११ आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ४३० उद्योग दर्ता भएका छन् ।घरेलु तथा साना उद्योग विकास समितिका अनुसार सबैभन्दा बढी सेवामूलक उद्योग १३४ वटा दर्ता भएका छन् । उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १७०, पर्यटन उद्योग ८२ तथा ७२ वटा निर्माण उद्योग दर्ता भएका छन् ।त्यसैगरी फर्निचर उद्योग, पोल्टी फर्म, वर्कसप, दूध डेरी, ब्युटीपार्लर, मौरीपालन तथा जडीबुटीलगायत उद्योग दर्ता भएका छन् । कार्यालयका वरिष्ठ लेखा अधिकृत इन्द्रबहादुर थापाका अनुसार अघिल्ला आवको तुलनामा यस वर्ष उद्योग दर्ताको संख्या बढेको छ ।उद्योगका लागि आवश्यक मेसिन र औजारमा अनुदान सहयोग र विभिन्न तालीमको व्यवस्था गरेपछि उद्योगको संख्या बढेको उहाँको भनाइ छ । सबैभन्दा बढी चैतमा ६४ वटा उद्योग दर्ता भएका छन् ।यस वर्ष नवीकरण नगरी निष्क्रिय रहेका ३८ वटा उद्योग खारेजीमा परेका छन् । कतिपय उद्योग कच्चा पदार्थको अभाव र मेसिनरी सामान नपाउँदा बन्द भएका छन् । कच्चा पदार्थको अभावमा ढाका र नेपाली हाते कागजका उद्योग बन्द भएका छन् । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका