Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन् : पौडेल

पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन् : पौडेल


नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नै नहुने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले एमालेले सबै आफूमात्रै हुन्छु तपाई आउनुस भनेको खण्डमा पार्टी एकता नहुने जिकिर गर्दै उनले भने,‘सबै म मात्रै भन्यो भने पार्टी एकता हुँदैन, जनादेशलाई स्विकार गर्नुपर्छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, र पार्टी अध्यक्ष र संसदीय दलको नेतासहित सबै पद एउटै पार्टीले दिने हो भने त्यसको के महत्व हुन्छ ? त्यो भनेको विलय गर्नु हो, तर माओवादी र एमालेको सांगठनिक धरातल एउटै छ, एकता गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीमध्ये एउटा जिम्मेवारी लिनुपर्छ, छोडेको प्रचण्डले जिम्मा लिनुहुन्छ ।’

साक्षात्कारमा बोल्दै नेता पौडेलले माओवादी र एमालेबीचमा भएको सम्झौताको आधारमा अघि नबढे मुलुकको समृद्धि सम्भव नरहेको स्पष्ट पारे ।




तपाईको प्रतिक्रिया दिनुहोस