Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयस्ता छन् उपचारका नाममा रास्ट्रको ढुकुटी सिध्याउने भिआइपी – कसले कति रकम लिए ?

यस्ता छन् उपचारका नाममा रास्ट्रको ढुकुटी सिध्याउने भिआइपी – कसले कति रकम लिए ?


सरकारले उपचारकाे नाममा भिअाइपीहरूलार्इ माेटाे रकम उपलब्ध गराउँदै अाएकाे छ । अाम जनताले सिटामाेल, र सुदुरका जनताले जीवनजल नपाएर मर्छन् तर नेताहरूले भने बिदेशमा उपचार गर्ने नाममा कराेडाैँ रकम लिने गरेका छन् ।

तपार्इँ हामीले बुझाएकाे कर राज्यकाेषबाट सरकारले यसरी नेताहरूलार्इ बाँड्ने गरेकाे छ । अहिलेसम्म दर्जनाैँ नेताहरूले सरकारकाे राज्यकाेषबाट कराेडाैँ रकम लिइसकेका छन् । सबैभन्दा धेरै नेपाली कांग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री स्व. शुसिल काेइरालाले उपचारका लागि राज्यकाेषकाे ढुकुटी रित्याएका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा अाेलीले पनि एक कराेड बढी रकम उपचारका लागि लिएका छन् | शुसिल काेइराला, केपी अाेली र अहिले सुजाता काेइरालाले मात्र हाेइन धेरै भिअाइपीहरूले राज्यकाेषकाट उपचारका लागि कराेडाैँ रकम लिएका छन् । हेराैँ कस्ले कति रकम लियाे |

पूर्वप्रधानमन्त्री स्व सुशील कोइराला– १ करोड ९१ लाख ८१ हजार ३ सय ७३

पूर्वप्रधानमन्त्री केपी ओली– १ करोड २६ लाख ३५ हजार १ सय ३७

पूर्वराष्ट्रपति रामवरण यादव- ६० लाख

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह– ५० लाख ३९ हजार १ सय ७

पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोला– ५० लाख

पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला– ५० लाख

माओवादी नेता नारायणकाजी श्रेष्ठ- ३८ लाख

पूर्वसांसद स्व रामनाथ ढकाल– ३२ लाख १८ हजार ४ सय २१

पूर्वगृहमन्त्री गोविन्दराज जोशी– २७ लाख ८० हजार

पूर्वप्रधानमन्त्री तुलसी गिरी– २५ लाख

पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी– २५ लाख

कांग्रेस नेता खुमबहादुर खड्का- २० लाख

पूर्वपरराष्ट्रमन्त्री स्व साहना प्रधान– १३ लाख ६४ हजार ३ सय ६५

पूर्वराज्यमन्त्री महेन्द्र यादव ७ लाख ८८ हजार १ सय ६५

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ५ लाख

#कामना न्युजवाट




तपाईको प्रतिक्रिया दिनुहोस