Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकाठमाण्डौमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाण्डौमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

प्रहरी सहित ४ जना घाइते


मंगलबार काठमाण्डौमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको वाम गठवन्धन सम्बद्ध विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधगर्दै त्रिचन्द्र कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध विद्यार्थीहरुले उग्र नारा लगाइरहेका बेला झडप समेत भएको छ । त्रिचन्द्र कलेज अगाडी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थी र वाम गठवन्धनका विद्यार्थीबीच झडप हुने स्थिति आएपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । केही समय वाम गठवन्धनका विद्यार्थी र प्रहरीबीच झडप समेत भयो ।

झडपमा ३ आन्दोलकारी र १ प्रहरी सहित ४ जना घाइते भएका छन् । वाम गठवन्धन निकट विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन, निर्वाचन आयोगलाई समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न तथा प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने माग गरेर विरोध प्रदर्शन गरेका हुन् ।




तपाईको प्रतिक्रिया दिनुहोस