Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा केसी

रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा केसी


रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी हुनुभएको छ ।

दीर्घबहादुर केसी (कुमार) अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गर्नुभएको हो । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी हुनुभएको हो ।

एन्फाले माघ ५ गतेसम्म चुनाव गर्न ४५ वटा जिल्लाका संघलाई निर्देशन दिएको थियो जसअनुसार चुनाव भएको रुपन्देही नवौँ जिल्ला हो । जिल्ला अधिवेशन सकिएपछि चैत १४ गते एन्फाको चुनाव हुनेछ ।

सोमबार राति भएको चुनावबाट संघको उपाध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरि), मुकेश कुँवर र खेमराज गुरुङ विजयी हुनुभएको छ ।

सदस्यमा होम गलामी, सोमबहादुर थापा ९सुरज०, पदमबहादुर थापा (अशोक), जुक्तबहादुर थापा, मनोजकुमार थापा, इसान भण्डारी, शंकर मल्लाह र प्रेम राना विजयी हुनुभयो । संघको पहिलो बैठकले महासचिव, सचिव र कोषाध्यक्ष मनोनीत गर्नेछ ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई खेलग्रामको रुपमा विकास गर्ने उपमहानगरको योजना रहेको बताउनुभयो ।

 रुपन्देही जिल्ला फुटबलमा सम्भावना बोकेको क्षेत्र भएको एन्फाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणि कुँवरले  भन्दै सहयोगका लागि एन्फा तयार रहेको बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस