Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी

स्वास्थ्य मन्त्रालयले १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी


स्वास्थ्य मन्त्रालयले कम्तीमा १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । यसअघि, निर्वाचन आचारसंहिताले नियमित हुने सरुवा रोकिएपछि स्वास्थ्य मन्त्रालयले कर्मचारी सरुवा गर्न पाएको थिएन ।

 

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा रोकिएकोले समस्या भएको बताए । ‘हिजो निर्वाचन आचारसंहिताले दिएन, अहिले सामान्यले मानिरहेको छैन । हामी ठूलो समस्यामा पर्‍यौ,’ खनालले भने । अहिले नियमित सरुवाको समय नभए पनि सरुवा गर्नुपर्ने बाध्यता परेको उनले बताए । स्वास्थ्यका कर्मचारीको सरुवा चार चरणमा हुने गरेको छ । असोजमा मन्त्रालय, कात्तिकमा विभाग, मंसिरमा क्षेत्र र पुसमा जिल्लाले कर्मचारीको सरुवा गर्ने प्रचलन छ ।

 

स्थानीय तहमा राम्रो काम गर्दा सरुवा रोकियो
‘स्थानीय तहमा स्वास्थ्यका कर्मचारीले राम्रो काम गरेकाले सामान्य प्रशासन मन्त्रालयले सरुवाको अनुमति दिइरहेको छैन,’ उपसचिव खनालले भने । उनले १० हजारको हाराहारीमा सरुवाको फाइल आएको भन्दै स्थानीय विकास मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए । सातौँ तहभन्दा माथिका कर्मचारीको सरुवा मन्त्रालय आफैँले गर्ने गरेको छ । छैटौँ र सातौँ तहका कर्मचारीको सरुवा स्वास्थ्य विभागले तथा पाँचौँ तहसम्मका कर्मचारीको सरुवा क्षेत्र र जिल्लाले गर्ने प्रावधान छ ।

 

चिकित्सकहरू स्थानीय तहमा नजाने
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक स्वास्थ्यकर्मीलाई स्थानीय तहमा नपठाउने निर्णय गरेको छ । बिरामीको उपचारमा आवश्यक पर्ने भन्दै मन्त्रालयले डाक्टर, अस्पताल नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफीलाई स्थानीय तहमा नपठाउने खनालले बताए । केही चिकित्सकले स्थानीय तहमा जाने इच्छा देखाए पनि बिरामीको स्वास्थ्योपचारलाई ध्यानमा राखेर रोकिएको छ ।आजको नँया पत्रिकामा खबर छ ।




तपाईको प्रतिक्रिया दिनुहोस