Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार‘एक आनाको जमाना’ पुस्तक विमोचन

‘एक आनाको जमाना’ पुस्तक विमोचन


साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) सार्वजनिक भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल र प्रा डा डिल्लीराम दाहालले सो पुस्तक विमोचन गर्नुभयो ।  उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको साहित्य विकास उपसमितिले सो पुस्तक प्रकाशन गरेको हो ।

सो अवसरमा पत्रकार दाहालले नेपाली सहित्यको क्षेत्रमा रुचि राख्ने पिँढीलाई ‘एक आनाको जमाना’ पुस्तकले आकर्षित गरेको छ भन्नुभयो ।

साहित्यकार गौतमले आफ्ना अनुभूतिलाई समेटिएको ‘एक आनाको जमाना’ पुस्तक त्यो बेलाको संस्करण हो भन्नुभयो ।

साहित्यकार गौतमका ‘समग्र कथा’ (कथा संग्रह), ‘वञ्चक’ (अनुभवन्यास) लगायतका पुस्तक सर्वत्र बजारमा उपलब्ध छ ।




तपाईको प्रतिक्रिया दिनुहोस