गृहपृष्ठ ∕
समाचार ∕
नेपाल र अफ्रिकी मुलुक बीचमा आर्थिक समृद्धिका पर्याप्त सम्भवना नेपाल र अफ्रिकी मुलुक बीचमा आर्थिक समृद्धिका पर्याप्त सम्भवना
पुलेसो २१ पुस, २०७७, मंगलबार ६:५८
नेपाल र अफ्रिकी मुलुकबीचका द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र आर्थिक समृद्धितर्फ उन्मुख गराउनुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।
नेपाल आफ्रो–एशियाली जनएकता संगठनको ६०औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा सहभागी वक्ताले अफ्रिका महाद्वीपका विभिन्न मुलुकसँग रहेको कूटनीतिक सम्बन्धका आधारमा नेपालको आर्थिक विकास र व्यापार प्रवद्र्धनमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका हुन् ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल र अफ्रिकी मुलुक बीचमा आर्थिक समृद्धिका पर्याप्त सम्भवना रहेको उल्लेख गर्दै ती सम्भावनालाई पहिचान गरेर दुवै पक्षका हितमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
संगठनका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपालले आफ्नो सम्बन्धलाई अफ्रिकाका करिब दुई दर्जन मुलुकसँग औपचारिक तथा अनौपचारिक सम्बन्ध विस्तार गरेको जानकारी दिँदै नेपाल र त्यहाँका उद्यमी एकजुट भई यो सम्बन्धलाई अझ फराकिलो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पूर्वराजदूत रामभक्त पिभी ठाकुर, कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनका प्राचार्य मञ्जु मिश्रले अफ्रिकाको संस्कृतिलाई नेपालमा स्थान दिने र यहाँका महत्वपूर्ण साहित्य र संस्कृतिलाई अफ्रिकामा पु¥याउन सकेमा दुवै पक्षले लाभ हासिल गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा ‘होल्डिङ अफ दी स्काई’ नामक वृत्तचित्र समेत देखाइएको थियो ।