Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


भक्तपुरबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बस र मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा ठक्कर खाँदा मोटरसाइकल चालक रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल भक्तपुरको सुडाल बस्ने २० वर्षीय गोविन्द खड्काको मृत्यु भएको छ ।

बा ४ख ९३९१ नंको भक्तपुर नगर बसले र बा ५५प १०९८ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बस चालक काभ्रेपलाञ्चोकका २४ वर्षीय प्रेम लामा र बस नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बताउनुभयो । शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो  । (रासस)




तपाईको प्रतिक्रिया दिनुहोस