Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार“सन् २०१८संयुक्त अधिराज्यमा नयाँ विश्वास र गौरवको बर्ष हुनेछ ”: प्रधानमन्त्री मे

“सन् २०१८संयुक्त अधिराज्यमा नयाँ विश्वास र गौरवको बर्ष हुनेछ ”: प्रधानमन्त्री मे


बेलायतले सन् २०१८ लाई ‘बे्रक्जिट’मा मात्र सीमित नगर्ने जनाएको छ ।

प्रधानमन्त्री टरिजा मेले आइतबार अङ्ग्रेजी नयाँ बर्षको उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले सन् २०१८ लाई ब्रेक्जिटका साथै अन्य क्षेत्रमा पनि धेरै प्रगति गर्ने सपना रहेको बताउनुभयो ।

 

बेलायतको इयूबाट बहिर्गमनका लागि काम भइरहेको बताउनुहुँदै प्रधानमन्त्री मेले भन्नुभयो, “नयाँ बर्षमा इयूसँग हुने वार्तामा इयूबाट फिर्ताभएपछि व्यापार तथा सुरक्षाका बिषयमा छलफल गरी छिट्टै निष्कर्षमा पुगिने छ ।” “म सन् २०१८ मा बे्रक्जिट प्रक्रियालाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता जाहेर गर्छु ।”

 

सन्देशमा बेलायती जनतालाई सङ्केत गर्दै भनिएको छ, “तपाईहरू बे्रक्जिटका बिषयमा जुन पक्षमा मतदान गरेपनि अहिले अधिकांश नागरिकले ब्रेक्जिटको सफलताका लागि सरकारसँग अपेक्षा राखेका छन् । सरकारले पनि ठीक त्यही गरेको छ ।”

 

“सन् २०१८संयुक्त अधिराज्यमा नयाँ विश्वास र गौरवको बर्ष हुनेछ ,” प्रधानमन्त्री मेले विश्वास व्यक्त गर्नुभयो । यो बर्षमा हामीले सफल बे्रक्जिटको वार्तालाई प्रगतिको उत्कृष्ट विन्दुमा पु¥याउन लागि पर्नेछौँ र राष्ट्रको समुन्नत भविष्यका लागि अर्थतन्त्रलाई मजबुत पार्नेछौ । सबैका लागि न्यायपूर्ण समाजको लागि काम गर्नतर्फ अग्रसर हुनेछौ ।

 

बे्रक्जिटबाहेक आफूले बेलायती नागरिकको दैनिक जीवनका बिषयमा व्यापक परिवर्तन ल्याउन चाहेको उहाँको कथन थियो । उहाँले बेलायतको शैक्षिक क्षेत्र, प्रहरी र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै ती क्षेत्रको थप विकास गर्न चाहेको बताउनुभयो ।




तपाईको प्रतिक्रिया दिनुहोस