Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारजिल्ला बाहिर उपचार गर्न नसक्ने बिरामीका लागि शिविरबाट राहत

जिल्ला बाहिर उपचार गर्न नसक्ने बिरामीका लागि शिविरबाट राहत


रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

 

मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको आयोजनामा सञ्चालन भएको शिविर एक महिनासम्म सञ्चालन हुने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो ।

 

शिविरमा हाडजोर्नी, आगोले पोलेर शरीर अंगभंग भएको, महिलाको पाठेघर तथा पेटसम्बन्धी समस्या भएका बिरामीको शल्यक्रिया भइरहेको उहाँले बताउनुभयो ।

 

आर्थिक अभावले गर्दा जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने बिरामीका लागि शिविरले राहत दिएको बिरामीको भनाइ छ । शिविरमा डा. एन शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाका जटिल समस्या भएका बिरामीले उपचार गराइरहेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस