Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगायक दामोदर भण्डारी र पुर्णकला विसीको गीत “स्याङजा आधिखोला” बजारमा (भिडियो सहित )

गायक दामोदर भण्डारी र पुर्णकला विसीको गीत “स्याङजा आधिखोला” बजारमा (भिडियो सहित )


नेपाली गीत संगीतमा निरन्तर  क्रियाशिल रहदै आउनुभएका गायक दामोदर भण्डारी र पुर्णकला विसीको आवाजमा लोकदोहोरी गीत “स्याङजा आधिखोला” को म्युजिक नेपाल मार्फत डिजिटल बजारमा आएको छ ।

मौलिक लोक सिर्जना गर्न खपिस गायक दामोदरले मौलिकपनका साथै माया र प्रेमको जुहारी गीत मार्फत बाहिर ल्याएका छन् । मायामा हुने विभिन्न आयामहरुलाई भिडियो तथा शब्द मार्फत ब्यक्त गर्ने प्रयास गर्ने कोशिस गरिएको छ ।

हिजो सगैं भेटेको मायालु विभिन्न बाध्यता र समयको कालखण्ड सगैँ कतिपय अवस्थामा आफनो गाउँ घर छोडेर पराइ ठाउँमा जानुपर्दा आफनो बाल्यकालको यादलाई सम्झने कोसिस गरिएको छ ।

ज्योति न्यौपानेको शब्द तथा संगित “स्याङजा आधिखोला” गीतमा रहेको छ । भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन भने अमर शाक्यले सम्पादन गरेका हुन । कपिल लामाको निर्देशन रहेको छ । सारिका केसी र विमल अधिकारीको अभिनय भिडियोमा रहेको छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस