Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल

रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुराना र केही मधेसवादी पार्टीले दुई नं प्रदेशको चुनावमा पैसाको खोला बगाएर मतदातालाई प्रभावित बनाएको आरोप लगाएका छन् ।

सिन्धुलीमाढीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले रक्सी भण्डारण गरेर राखी वितरण गर्ने, दशौं टन मासु बाँड्ने र महिलालाई साडी र त्यो भित्र एकहजारका दरले बाँडेर भोट किनिरहेको आफूलाई सूचना आएको जानकारी दिए । दुई साता देखि आफू तराइमा नै रहेको र माओवादीलाई एक नम्बरको बनाएर छाड्ने अठोट लिएको अध्यक्ष दाहालको भनाइ थियो ।

माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर हेर्दा एक नम्बर बन्छ भन्ने लागेता पनि ग्यारेन्टी भने नभएको उनले बताए । पुराना र मधेसवादी केही दलले चुनाव जित्नका लागि सबै हत्कण्डा प्रयोग गरेकाले त्यसको केही प्रभाव भने पर्ने अध्यक्ष दाहालले दाबी गरे ।

आफूले पहिला हिन्दी चलचित्रमा बुथ कव्जा गरेर भोट खसालेको हेरेको र त्यही दृश्य जस्ताको त्यस्तै हुने प्रशासकहरुले सुनाएको उनको भनाइ थियो । यो पटक कुनै हालतमा बुथ कब्जा नहुने उनले बताए ।

पहाडमा भन्दा तराइमा चुनावी लहर बढी पाएको बताउँदै अध्यक्ष दाहालले तराईका सबै मतदातामा उत्साह रहेको र टोल, टोलमा चुनावी रौनक रहेकाले अब संविधान कार्यान्वयन भैसकेको आभास आफूलाइ मिलेको प्रष्ट्याए । संघ र प्रदेशको चुनावमा पनि हिमाल, पहाड, तराइमा उस्तै उत्साह आउने अध्यक्ष दाहालको विश्वास थियो । कान्तिपुर




तपाईको प्रतिक्रिया दिनुहोस