Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण

बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण


म्याग्दीको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ ।

स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । सात मिटर लम्बाइ र डेढ मिटर चौडाइ भएको ढलान गरिएको पक्की कल्भर्ट पुल स्थानीयवासीको सक्रियतामा निर्माण भएको छ । मल्कबाङ्गका बासिन्दा र धौलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा पुल निर्माण भएको कल्र्भट पुल निर्माण योजनाका अगुवा रविन्स छन्त्यालले जानकारी दिनुभयो ।

धौलागिरि गाउँपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको उक्त योजनाका लागि छन्त्यालले कतारमा रहँदा आर्थिक संकलन अभियान सञ्चालन गर्नुभएको थियो । उक्त अभियानबाट रु छ लाख जुटाइएको थियो । अभियानमा स्वदेशमै रहेका मल्कबाङ्गका बासिन्दा र विदेशमा देशका अन्य जिल्लावासीले समेत सहयोग गरेका थिए ।

हाल पोखरा निवासी भीमबहादुर छन्त्यालको परिवारले सबैभन्दा बढी रु ६० हजार सहयोग गर्नुभएको थियो । गत कात्तिक दोस्रो हप्तादेखि पुल निर्माण शुरु भएको थियो । कल्भर्ट पुल निर्माण भएपछि स्थानीयवासी, विद्यार्थी र शिक्षक शिक्षिकालाई गाउँदेखि आवतजावत गर्न सहज भएको छ । यसअघि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुेपर्ने अवस्था थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस