Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारफागुनको पहिलो साता नयाँ प्रधानमन्त्री घोषणा हुने

फागुनको पहिलो साता नयाँ प्रधानमन्त्री घोषणा हुने


प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।

अनेक कानुनी संरचनामा अल्झिएको मतपरिणामको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए पनि निर्वाचनको मितिसमेत तोकिएको छैन । लामो विवादपछि बल्लतल्ल राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश भने जारी भएको छ । अध्यादेश जारी भए पनि तत्काल निर्वाचन प्रक्रिया भने अगाडि बढ्नेछैन ।

निर्वाचन आयोगले पुस १३ गते १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । दल दर्ताको समयपछि मात्र निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ । सरकारको तयारी र निर्वाचन आयोगले जारी राखेको प्रक्रियाअनुसार कम्तीमा पनि राष्ट्रियसभा निर्वाचनको परिणाम प्राप्त नहुँदासम्म नयाँ प्रधामन्त्री चयन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन ।

यो समयसीमाअनुसार छिटोमा फागुनको पहिलो साता नयाँ प्रधानमन्त्री सिंहदरबार पुग्ने सम्भावना छ । गोरखापत्र




तपाईको प्रतिक्रिया दिनुहोस