Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचेलीबेटी बेचबिखन न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्ने जोड

चेलीबेटी बेचबिखन न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्ने जोड


माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आप्mना चेलीबेटी खोजी दिन संस्थामा निवेदन दिएका छन् । यो वर्ष मात्र संस्थामा ८३४ वटा उजुरी परेको छ । यहाँस्थित माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्नाले चेलीबेटी बेचबिखनका विषयलाई न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ ।

 

निवेदनका आधारमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६१९ जनालाई मात्र फेला पार्न सकिएको छ भने बाँकी हराएकाको अवस्था अज्ञात नै रहेको छ । सो संस्थाले यहाँ आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार, हराएका चेलीमध्ये अधिकांशको उद्धार भारतका विभिन्न शहरबाट गरिएको छ । नेपालबाट लगिएका अधिकांश चेली यौन व्यवसायमा संलग्न गराइने संयोजक कोइरालाको भनाइ छ ।

 

नेपालका विभिन्न शहरबाट दलालले राम्रो रोजगार दिने भनेर नेपाली चेलीलाई भारत र खाडी मुलुक पु¥याउने गरेका छन् । चेलीबेटी बेचबिखनमा महिला दलाल पनि संलग्न रहेको जनाइएको छ ।

 

माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार, विगत १६ वर्षको अवधिमा उद्धार गरिएका चेलीमध्ये १७२ जनालाई सीपमूलक तालीम दिएर रोजगारमा संलग्न गराइएको छ भने “चेलीबेटी बेचबिखनका विषयमा सरकार, यहाँका राजनीतिक दल र नागरिक समाज खासै संवेदनशील नहुँदा यो समस्याले वर्षेनी विकराल रुप लिँदै गएको छ”– संयोजक कोइरालाको भनाइ छ ।




तपाईको प्रतिक्रिया दिनुहोस