गृहपृष्ठ ∕ समाचार ∕ मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो, उद्धार कार्य जारी मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो, उद्धार कार्य जारी पुलेसो २८ भदौ, २०७८, सोमबार १३:३६ मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले आइतबार जनाएका छन् ।मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म ९० जनाको मृत्यु भएको उनले बताए ।मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यमा रहेको छन्भने अन्य केही ठाउँमा पनि मानिसहरु फसेका बताइएको छ ।भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रित गरिएको सरकारी अधिकारीले बताएका छन् ।आपतकालीन सहायता सामाग्री र उद्धार कार्यमा प्रयोग गरिने कुकुरसहित अतिरिक्त प्रहरीलाई अति प्रभावित फुचितान शहरमा परिचालन गरिएको छ ।अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २०० मानिसहरु घाइते भएका छन् । राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएको शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएका र थियो यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका