Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनिर्वाचन आयोगको कार्यमाथि एमालको शंका

निर्वाचन आयोगको कार्यमाथि एमालको शंका


नेकपा एमालेले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएको छ । उसले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएको छ । आयोगले ‘कतैको दबाब’मा परेर प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर राखेको आशंका एमालेले गरेको छ ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले बताउनु भएको छ ।

आयोगको ढिलाई अचम्म लाग्दो रहेको टिप्प्णी गरे । ‘मैले बुझेसम्म उहाँहरु अघि बढीसक्नुभएको थियो’ नेम्वाङले भन्नुभयो । ‘त्यहाँका कर्मचारी संयन्त्रले प्रक्रिया बमोजिम सिटहरु बाँडफाँड लगायत सम्पूर्ण दस्ताबेज प्रमुख आयुक्त र आयुक्तहरुलाई ६ दिनअघि नै बुझाइसकेको छ तर पनि आयोगले किन रोक्यो नतिजा बाहिर ल्याउन रु’

नेम्वाङले समानुपातिक सिट वितरणसँगै सम्पूर्ण निर्वाचन परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपतिलाई बुझाउनुपर्नेमा आयोगले आलटाल गरिरहेको बताए । उहाँले भन्नुभयो कि आयोगले किन यस्तो गरिरहेको छ रु जनताले प्रश्न उठाएका छन् । तत्काल प्रतिनिधिसभाको सबै परिणाम घोषणा गरेर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’ निर्वाचन आयोगले भने राष्ट्रियसभा निर्वाचनपछि मात्र समानुपातिक सिट बाँडफाँट गर्ने तयारी गरेको छ ।

देउवाले सत्ता लम्ब्याउन खोजे

नेम्वाङले प्रधानमन्त्री शेरवहादुर देउवा अझै दुई चार महिना आफ्नो सत्ता लम्ब्याउने खेलमा लागेको आरोप समेत लगाएका छन् ।

राष्ट्रियसभाको निर्वाचन पनि मै गराउँछु भन्नु, निर्वाचन आयोगलाई परिणाम घोषणाबाट रोक्नु जस्ता गतिबिधिले सत्ता लम्ब्याउने चाहना प्रष्ट भएको उहाँले बताउनु भयो । ‘मैले आरोप लगाउन चाहेको होइन, तर उहाँहरु विभिन्न बहाना र निहुँ बनाएर सत्ता लम्ब्याउन खोजिरहनुभएको छ,’ नेम्वाङले भन्नु भएको छ , ‘राष्टियभाको निर्वाचन उहाँले गराउने कुरा कहाँ लेखिएको छ रु निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणामपश्चात राष्ट्रपतिलाई प्रतिवेदन दिनुपर्छ । त्यसपछि प्रतिनिसधाले बैधता पाउँछ, त्यस आधारमा राष्टपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ र राष्ट्रियसभा निर्वाचन संविधान बमोजिम हुन्छ ।’

नयाँ राजनीतिक नियुक्ति, सरुवा बढुवा र राज्यकोषबाट रकम बाँड्ने जस्ता कार्यले सरकार तत्काल कुर्सी छाड्ने सोचमा नरहेको प्रष्ट देखिएको उहाँले बताउनु भयो ।




तपाईको प्रतिक्रिया दिनुहोस