Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदरबारमार्गका बन्द पसलहरु आजबाट खुल्ने

दरबारमार्गका बन्द पसलहरु आजबाट खुल्ने


काठमाडौं दरबारमार्गका बन्द पसलहरु आजबाट खुल्ने भएका छन्। सिएनआाई र अर्थ मन्त्रालयको सहमतिपछि सिल गरिएका पसलहरुसमेत आजैबाट खुल्ने सम्भावना बढेको छ।

सिल गरिएका पसल खोल्ने विषयमा अर्थमन्त्रालय सहमत देखिएको र सिल गरिएका पसलहरु पनि आजैबाट खुल्ने सम्भावना बढेको दरबारमार्ग विकासबोर्डका अध्यक्ष सुन्दरलाल कच्चापतीले जानकारी दिए।  सरकारले अत्याधिक मुनाफा लिएको भन्दै ब्राण्डेड बजारको रुपमा परिचित दरबारमार्गका केही पसलमा केही दिनअघि सिलबन्दी गरेपछि व्यवसायीले मनोमानी नाफा आर्जन गर्न पाउनुपर्ने अडान अघि सारेका थिए। खुलाबजार अर्थतन्त्रको कुरा गर्ने सरकारले २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने पुरानै ऐनअनुसार अघि बढेको भन्दै उनीहरुले मुनाफा तोक्ने कानुन खारेजीको माग गर्दै आएका थिए।

केही सरकारी कर्मचारीको गलत नियतका कारण समय समयमा अनुगमनका नाममा आफुहरुलाई आतंकित र बद्नाम गराउने काम भएको व्यापारीले आरोप लगाए। भन्सारमा न्युन बिजकीकरणको समस्याका कारण पनि समस्या भएको भन्दै व्यवसायीले सो समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आपूर्ति मन्त्रालयले भदौ १९ र २१ गते अनुगमनका क्रममा बढी नाफा लिएको भन्दै दरबारमार्गका ९ वटा पसल सिलबन्दी गरेको थियो।

आपूर्ति व्यवस्थापन तथा उपभोक्तासहित संरक्षण विभागले अनुगमन गरिएका २४ पसलमध्ये ९ वटामा सिलबन्दी र १५ वटालाई खरिद–बिक्री बिलसहित उपस्थित हुन निर्देशन दिएको थियो। यसपछि सो क्षेत्रका अन्य व्यापारीले पनि पसल बन्द गरेर सरकारी अनुगमनको विरोध गर्दै आएका थिए। दशैको पुर्वसन्ध्यामा पसल बन्द भएपछि दैनिक एक करोड भन्दा बढीको नोक्सानी भएको दरबारमार्ग विकासबोर्डले दाबी गर्दै आएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस