Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकांग्रेस, माओवादी र एमाले उस्ता उस्तै,एमालेसँग भोट माग्ने नैतिक आधार छैन : अध्यक्ष यादव

कांग्रेस, माओवादी र एमाले उस्ता उस्तै,एमालेसँग भोट माग्ने नैतिक आधार छैन : अध्यक्ष यादव


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका लागि कांग्रेस, माओवादी र एमाले उस्तै भएको बताएका छन् ।

तर, संविधान संशोधनको विपक्षमा भोट हालेको एमालेसँग भोट माग्ने नैतिक आधार समेत नभएको उनको दाबी छ ।

सोमबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले भने, ‘संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भुल गरेको छ । उसले मधेसी जनतासँग भोट माग्ने नैतिक आधार नै गुमाएको छ ।’

उनले अगाडि थपे – एमाले मात्रै होइन । मधेसका लागि ठूला दलहरुले सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’ यादवले मधेसमा निर्वाचनप्रति ठूलो जनलहर छाएको बताए । आफ्नो पार्टीले संशोधनमा नदिई चुनावमा जोड दिएको भन्दै भने, ‘चुनावपछि संविधान सच्याइन्छ ।’




तपाईको प्रतिक्रिया दिनुहोस