Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएमाले नेता नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएको विमलेन्द्र निधिकाे दाबी

एमाले नेता नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएको विमलेन्द्र निधिकाे दाबी


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले नेता माधवकुमार नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएको दाबी गरेका छन् ।

जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री समेत रहेका निधिले राष्ट्रसंघले नाकाबन्दी लगाएको उत्तर कोरिया गएको भन्दै नेपालको आलोचना गरे । चीन र उत्तर कोरियाको साठगाँठ रहेको र चिनियाँ राजदूतकै सल्लाहमा पूर्वप्रधानमन्त्री नेपाल उत्तर कोरिया गएको उनले दाबी गरे ।

नेता निधिले भने, ‘एमालेको राष्ट्रियता कताबाट सञ्चालित छ भन्ने यसबाटै प्रष्ट हुन्छ ।’ नेता निधिले एमालेको चर्को आलोचना गरे । एमाले संघीयता र मधेस विरोधी पार्टी भएको भन्दै उनले प्रदेश २ का जनताले उसलाई नपत्याउने दाबी गरे ।

प्रदेश २ मा १०० सिट जित्ने कांग्रेसको लक्ष्य रहेको उनले बताए । साथै आफ्नो गृह जिल्ला समेत रहेको धनुषालाई कांग्रेसको किल्ला बनाउने उनको दाबी छ। पत्रकार सम्मेलनमा कांग्रेस नेता रमेश लेखकले प्रदेश २ को चुनाव संघीयता पक्षधर र संघीयता विरोधीहरुको जनमत संग्रह भएको धारणा राखे।




तपाईको प्रतिक्रिया दिनुहोस