Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपालको प्रहरी संगठनभित्र भविष्य नदेखिएकाले जागिर छाड्नेकाे संख्या बढ्ने क्रममा

नेपालको प्रहरी संगठनभित्र भविष्य नदेखिएकाले जागिर छाड्नेकाे संख्या बढ्ने क्रममा


नेपालको प्रहरी संगठनभित्र भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्।

 

जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक असई, नायब निरीक्षक (सई) र जवान छन्। प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी (नायब महानिरीक्षक) एक डीएसपी (नायव उपरीक्षक) दुई इन्स्पेक्टर (निरीक्षक), ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ कार्यालय सहायकले जागिर छाडेका छन्।

 

आगामी असारसम्म यो संख्या बढ्ने क्रममा हुनेछ। गतवर्ष प्रहरी उपरीक्षकदेखि सहायकसम्म नौ सय ८८ जनाले विभिन्न बहानामा जागिर छाडेका थिए। यीमध्ये केहीले पेन्सन पाइसकेक, केहीले अमेरिकाको डीभीचिठ्ठा परेर त केहीले विदेशमा राम्रो काम पाएका कारण जागिर छाडेका छन्।

 

केहीले भने घरायसी कारण देखाएका छन्। यसमध्ये डीआईजी नवराज सिलवालले प्रहरी महानिरीक्षक९आईजीपी० हुन नपाएर राजीनामा दिएका थिए। यस्तै कम्प्युरटर निर्देशनालयकी शीला कंसाकारले घरायसी कारण देखाउँदै जागिर छाडेकी हुन्। अन्नपूर्णबाट




तपाईको प्रतिक्रिया दिनुहोस