Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरकारी कर्मचारीहरुले घुस खाने गरेको खुसाला, नेकपाको चेतावनी पछि भागाभाग

सरकारी कर्मचारीहरुले घुस खाने गरेको खुसाला, नेकपाको चेतावनी पछि भागाभाग


सरकारी कर्मचारीहरुले भूकम्पपीडितसँग घुस खाने गरेको खुसाला भएको छ । सरकारले कर्मचारीलाइ सेवा सुविधा दिए पनि इन्जिनियरले नक्सापासलगायतका सामान्य कामहरुमा घुस नदिएसम्म रोकिदिने गरेको भेटिएको छ ।

भोजपुर षडानन्द नगरपालिकामा इन्जिनियरहरुको टिमले पीडितको लगत र घरको स्टिमेट गर्न इन्जिनियरहरु कुदाक काउले नेपालडाँडा खार्ताम्छाबाटै घर हेरी ५ देखि ८ हजारसम्म घुस लिएको खुलासा भएको हो ।

नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले खटाएका कर्मचारीले नै ठाडै भूकम्प पीडितसँग घुस लिएको र नदिए नक्सा पास नै नगर्ने धम्की दिन थालेपछि पीडितहरुले नेपाल कम्युनिस्ट पार्टीको स्थानीय जनसरकारमा उजुरी दिएका थिए । छानविन गर्दा इन्जिनियरहरुले घुस लिएको पुष्टि भएपछि सबै घुस फिर्ता गर्न नेकपाले भनेको थियो ।

नेकपा भोजपुरका अनुसार जनप्रतिनिधि र जनसरकारका प्रतिनिधिहरुबीच इन्जिनियरहरुले खाएको घुस रकम फिर्ता गराउने सहमति भएको थियो ।  उक्त सहमति भएको थाहा पाएपछि इन्जिनियहरु घुस रकम फिर्ता गर्नुको साटो शुक्रबार भागेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस