Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाओवादी केन्द्रको कार्यालयमा कुटाकुट, दुइ जना घाइते

माओवादी केन्द्रको कार्यालयमा कुटाकुट, दुइ जना घाइते


नेकपा माओवादी केन्द्रको शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा समानुपतिक उम्मेद्वार मनोमानी रुपले छनोट गरेको घन्दैनेताहरु बीच कुटाकुट भएको छ । माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली जाइलागेपछि परिस्थिति असहज बनेको हो । पाटीमा योगदान दिएका र योग्य मानिसलाई पाखा लगाएर समानुपातिकका उम्मेद्वार छनोट गरेको आरोप असन्तुष्ट पक्षको रहेको थियो ।
समुपातिक सदस्यमा नातागोताको आधारमा सांसद छनोट गर्ने भए पार्टीमा लागेर राजनीति गर्नुको कुनै अर्थ नभएको समेत नेताहरुले बताएका छन् । प्रदेश नम्बर ३ का संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद किन बनाएको भन्दै पराजुलीले विरोध गरेपछि विवाद बढेको थियो ।

कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए । उनले भने, ‘आन्दोलन गरेका महिलाहरु छन्, शहिद परिवार छन् तर पसल थापेर बसेकालाई सांसद बनाउने रु तपाईंहरुले गरेको के हो ? यही हो नेतृत्व रु नामावली सच्याउनुस् भनेको थिएँ । तर झक्कु सुवेदीले तपाईंले भनेर हुँदैन, उहाँहरुको पनि दुःख छ, अब सच्चिदैन भनेपछि विवाद बढेको हो ।’ उनले नेताहरु पैसामा बिकेको आरोप लगाएपछि विवादले उग्ररुप लिएको थियो । दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए । तर उनको नाम शुक्रबार माओवादीले निर्वाचन आयोगमा बुझाएको सूचीमा परेन । सिन्धुपाल्चोकबाट समानुपातिकबाट एकजना पनि प्रदेश सांसद बनेका छैनन् प्रदेशसभा सांसद नबनाइएको रिसमा शुक्रबार बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा तोडफोड पनि भएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस