Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपालले थाइल्याण्डलार्इ २५५ रनले हरायाे, सन्दिपले लिए सात विकेट

नेपालले थाइल्याण्डलार्इ २५५ रनले हरायाे, सन्दिपले लिए सात विकेट


एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले थाइल्यान्डलाई दुई सय ५५ रनले हराएको छ। मलेसियाको क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि कमजोर मानिएको थाइल्याण्ड १० ओभरमा २६ रनमा समेटियो।

थाइल्याण्डला२ सस्तैमा रोक्ने क्रममा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर ७ विकेट लिए।

थप तीन विकेट कप्तान दीपेन्द्र सिंह ऐरी, नन्दन यादव र किशोर महतोले लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो।

मध्यम सुरुवात गरेको नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए।  सतक बनाउन ९ रनले  चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै  प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक प्रहार गरे।

रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।

ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ‌ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।

पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन्।




तपाईको प्रतिक्रिया दिनुहोस