Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार५० लाख विदेशी पर्यटक भित्र्याउने योजना

५० लाख विदेशी पर्यटक भित्र्याउने योजना


नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले मुलुकको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
गठबन्धन सरकार बनेलगत्तै ५० लाख विदेशी पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने उँहाले उल्लेख गर्नुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ ९एनटिभिए०को १४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेता सापकोटाले समग्र पर्यटन यातायातको प्रवद्र्धन र व्यवस्थित गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निवर्तमान अध्यक्ष हरेराम बराललगायतले नेपालको पर्यटक यातायातको उत्थानका लागि आफूहरु लागिपर्ने र त्यसका लागि एनटिभिएसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा एनटिभिएका संस्थापक अध्यक्ष रामहरि शर्मा, पूर्वअध्यक्ष मनोज श्रेष्ठका साथै न्यूज २४ टेलिभिजनका समाचार संयोजक संगम बानियाँ, राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे र शिखरपोष्टका प्रधान सम्पादक प्रकाश खालिङलाई सम्मान गरियो ।

एनटिभिएको अध्यक्षमा कार्की निर्विरोध
एनटिभिएको साधारणसभाले नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोधरुपमा चयन गरेको छ ।

समितिमा प्रथम उपाध्यक्ष तिलक लोहार, द्वितीय उपाध्यक्ष कैलाश कार्की, महासचिव सन्तोष न्यौपाने, सचिव प्रकाश सापकोटा र कोषाध्यक्ष शंखनारायण महर्जन रहनुभएको छ भने कार्यसमिति सदस्यमा काजी थापा, भरत तिमिल्सिना, प्रतिकार कार्की, शम्भुप्रसाद खकुरेल र अनिल मोक्तान रहनुभएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस